News

2nd Himeji Smiles Cup 2026 को नयाँ मिति July 11 मा आयोजना हुने


2nd Himeji Smiles Cup 2026 को नयाँ मिति July 11 मा आयोजना हुने

हिमेजीस्थित AGUA Himeji Futsal Ground मा आगामी जुलाई ४, २०२६ मा आयोजना हुने भनिएको 2nd Himeji Smiles Cup 2026 प्राविधिक समस्याका कारण कार्यक्रम तोकिएको मितिमा सञ्चालन गर्न नसकिने बताउँदै नयाँ मिति July 11, 2026 सार्वजनिक गरेको छ।

जापानभरिका फुटसल टिमहरूका लागि महत्वपूर्ण मानिने यस प्रतियोगितामा विजेता टिमका लागि ¥400,000 र उप–विजेता टिमका लागि ¥200,000 को आकर्षक नगद पुरस्कार राखिएको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई MVP, Top ScorerBest Goalkeeper जस्ता व्यक्तिगत अवार्डहरू प्रदान गरिनेछ।

कार्यक्रमका मुख्य प्रायोजक Smiles Mobile Remittance तथा Smiles Connect रहेका छन् भने GoalJapan.comDarbar Mart & Restaurant साझेदारका रूपमा रहेका छन्। “Play Together, Win Together” भन्ने नारासहित आयोजना हुने यो प्रतियोगिताले समुदायबीच खेलकुदमैत्री वातावरण निर्माण गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

प्रतियोगिताको अन्तिम दर्ता मिति जुलाई १, टाइसिट सार्वजनिक मिति जुलाई २, र प्रवेश शुल्क ¥40,000 यथावत रहनेछ। दर्ता तथा अन्य जानकारीका लागि Rozin, Salesh, Atul, Yam, PremSuresh मार्फत सम्पर्क गर्न सकिनेछ।

NS Himeji FC ले सबै टिम, प्रतिनिधि तथा समर्थकहरूलाई धैर्यका लागि धन्यवाद व्यक्त गर्दै नयाँ मिति July 11 मा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।