3rd ASO Cup 2025 डिसेम्बर २० मा हुने
जापानको कुमामोटोस्थित एएसओ फुटबल क्लब (ASO Football Club, Kumamoto) द्वारा आयोजना हुने 3rd ASO Cup फुत्सल प्रतियोगिता आगामी डिसेम्बर २० मा हुने भएको छ।
यस वर्षको प्रतियोगितामा जापानभरका विभिन्न नेपाली टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीले ¥350,000 सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ¥155,555 सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी (Best Player), उच्च गोलकर्ता (High Scorer) र उत्कृष्ट गोलरक्षक (Best Keeper) लाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुनका लागि टोलीहरूले ¥40,000 को प्रवेश शुल्क तिर्नुपर्नेछ। प्रवेशको अन्तिम मिति नोभेम्बर ३१ तोकिएको छ।
प्रतियोगिता कुमामोटो सिटी, हिगाशी वार्ड, कामिनाबे 1-4-88 मा अवस्थित फुत्सल मैदानमा आयोजना हुनेछ।
थप जानकारीका लागि आयोजक टोलीका प्रतिनिधि मदन गुरुङ (070-9220-3887), विपिन घले (080-2690-3495) र प्रणाम मगर (080-3668-5196) लाई सम्पर्क गर्न सकिनेछ।
एएसओ फुटबल क्लबले यस वर्षको संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन तयारी तीव्र रूपमा अगाडि बढाएको जनाएको छ। क्लबले जापानभरका नेपाली टोलीहरूलाई यस फुत्सल प्रतियोगितामा सहभागी भई खेलकुदको माध्यमबाट भाइचाराको सन्देश फैलाउन आह्वान गरेको छ।
