8th Ohashi Cup 2025 क्यूशुमा आयोजना हुने
जापानको क्यूशु क्षेत्रमा आगामी नोभेम्बर २९ (शनिबार) का दिन “आठौं ओहासी कप–२०२५” आयोजना हुने भएको छ। प्रतिष्ठित यो प्रतियोगिता Dino’s Club, Higashiku Matushima 5-3-1 मा हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ¥300,000 पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ¥150,000 पाउनेछ। साथै, उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट गोलरक्षक (Best Keeper), सर्वाधिक गोलकर्ता (High Scorer), उत्कृष्ट व्यवस्थापक (Best Manager), उत्कृष्ट डिफेन्डर (Best Defender) र उत्कृष्ट निष्पक्ष टोली (Best Fair Team) का लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको प्रवेश शुल्क ¥35,000 तय गरिएको छ।
कार्यक्रमको व्यवस्थापन Ohashi Group ले गरेको हो।
अधिक जानकारीका लागि सम्पर्क:
Neeraj: 090-8629-8865
Sandesh: 090-8666-8911
