News

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०२५, डिसेम्बर २१ मा हुने


अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०२५, डिसेम्बर २१ मा हुने

नेपाल जापान फुटबल संघ (NJFA) को आयोजनामा आगामी २०२५ डिसेम्बर २१ (आईतबार) मा International Women’s Tournament 2025 भव्य रूपमा सम्पन्न हुने भएको छ। जापानमा बसोबास गर्ने विभिन्न देशका महिला खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

महिला तर्फ ५ टिम सहभागी हुने अनुमान गरिएको छ, जसमा

  • नेपाली

  • भियतनामी

  • म्यानमार
    लगायतका टोली रहनेछन्।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउँदै विजेता टोलीले ५०,००० येन, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३०,००० येन, साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

खेल सायंकाल १६:३० बजेपछि सुरु हुनेछ। प्रतियोगिता 錦町スポーツ広場蕨 (Nishikicho Sports Ground, Warabi) मा आयोजना हुने छ। स्थान खोज्नका लागि आयोजकले उपलब्ध गराएको गुगल म्याप लिंक यहाँ रहेको छ:
https://maps.app.goo.gl/Zd1CCfFmXmeMYXoq8?g_st=ic

नेपाल जापान फुटबल संघ (NJFA) का अनुसार यस प्रतियोगिताले जापानमा रहेका नेपाली तथा अन्य अन्तर्राष्ट्रिय समुदायका महिला खेलाडीहरूबीच आपसी मैत्री, खेल भावना र प्रतिभा प्रदर्शनको उत्कृष्ट अवसर उपलब्ध गराउनेछ। आयोजकले सबै खेलकुदप्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूको उत्साहवर्दन गर्न आग्रह गरेको छ।