News

KAVRELI SAMAJ JAPAN WHITE ले शानदार जित निकाल्दै 4th Diamond Cup 2025 को च्याम्पियन बन्न सफल


KAVRELI SAMAJ JAPAN WHITE ले शानदार जित निकाल्दै 4th Diamond Cup 2025 को च्याम्पियन बन्न सफल

नागरेयामा शहरस्थित Z Futsal Sport Nagareyama मा आयोजित 4th Diamond Cup 2025 को रोमाञ्चक प्रतिस्पर्धा सम्पन्न भएको छ, जहाँ KAVRELI SAMAJ JAPAN WHITE ले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि हात पारेको छ। पहिलो सेमिफाइनलमा All Star FC White लाई ३–१ ले पराजित गर्दै KAVRELI SAMAJ JAPAN WHITE सहज रूपमा फाइनलमा प्रवेश गरेको थियो। दोस्रो सेमिफाइनलमा Rising Nepal Youth Club White ले Oizumi FC विरुद्ध १–० को कडा जित दर्ता गर्दै निर्णायक भिडन्तको लागि स्थान सुरक्षित गर्‍यो।

फाइनल खेल निकै प्रत्याशित र रोमाञ्चक रह्यो। खेलको सुरुबाटै सभ्य तालमेल र आक्रमक रणनीतिसहित अग्रता लिन खोजेको KAVRELI SAMAJ JAPAN WHITE ले उत्कृष्ट फिनिसिङका आधारमा Rising Nepal Youth Club White लाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भयो। खेलभरि दुवै टोलीले राम्रो प्रतिस्पर्धा गरे पनि KAVRELI SAMAJ JAPAN WHITE को आक्रमण, पासिङ र दबाबलाई सम्हाल्न Rising Nepal Youth Club White हुन सकेन। यस शानदार जितसँगै KAVRELI SAMAJ JAPAN WHITE ले 4th Diamond Cup 2025 को ट्रफी आफ्नाे नाममा गर्दै यो संस्करणको च्याम्पियन बन्न सफल भएको  छ।

विजेता KAVRELI SAMAJ JAPAN WHITE ले ¥४००,००० र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता Rising Nepal Youth Club White ले ¥२००,००० सहित ट्रफी हात पार्‍यो। सेमिफाइनलमा पुगेका टोलीहरूलाई पनि नगद पुरस्कार ¥५०,००० प्रदान गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार पनि वितरण गरियो।

कार्यक्रममा आयोजक समितिका पदाधिकारी, खेलप्रेमी, र जापानमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। आयोजक संस्थाका अनुसार, यो प्रतियोगिताले जापानमा रहेका नेपाली युवाबीच आपसी सहकार्य र खेलकुदप्रतिको लगाव अझै बलियो बनाएको छ।