News

१०औँ समर कप फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक, टाइटल स्पोन्सरमा Smiles Mobile Remittance


१०औँ समर कप फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक, टाइटल स्पोन्सरमा Smiles Mobile Remittance

फुकुओका जापान। फुकुओका जापानमा आयोजना हुन लागेको (Most awaited futsal tournament of the year 2026) बहुप्रतीक्षित फुटसल प्रतियोगिता १०औँ समर कप २०२६ फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताको टाइटल स्पोन्सरमा Smiles Mobile Remittance रहेको छ।

आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीहरूलाई आफ्नो खेलको मिति, समय र मैदानबारे राम्रोसँग जानकारी लिन आग्रह गरिएको छ। साथै, निर्धारित समयभन्दा अगावै मैदानमा उपस्थित भई प्रतियोगिता समयमै सञ्चालन गर्न सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ।

आयोजकले खेल तालिकामा कुनै गल्ती, त्रुटि वा अन्य समस्या देखिएमा तत्काल आयोजकलाई जानकारी गराउन पनि आग्रह गरेको छ। सहभागी टोली तथा खेलाडीहरूको सुझाव र सहयोगका आधारमा आवश्यक त्रुटि सच्याउँदै प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ।

Smiles Mobile Remittance को टाइटल स्पोन्सरमा आयोजना हुन लागेको १०औँ समर कप २०२६ जापानमा नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सम्बन्ध, भाइचारा र एकताको भावना अझ बलियो बनाउने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताका रूपमा लिइएको छ।

आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी, समर्थक तथा शुभेच्छुकहरूलाई खेल तालिका राम्रोसँग अध्ययन गरी समयमै मैदानमा उपस्थित हुन अनुरोध गर्दै प्रतियोगिताको सफलताको लागि सबैमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

टाइटल स्पोन्सर: Smiles Mobile Remittance
आयोजक: श्री गणेश खुकुरी एफसी

खेल हुने मिति: २०२६ सेप्टेम्बर ५, शनिबार

समय: बिहान ९:०० बजे

स्थान:福岡市東区松島5-3-1

थप जानकारीका लागि सम्पर्क: 080-2690-1609