१०औँ समर कप फुटसल प्रतियोगिताको टाइ–सिट भोलि सार्वजनिक हुने
श्री गणेश खुकुरी एफसीको आयोजनामा तथा स्माइल्स मोबाइल रेमिटेन्सको शीर्ष प्रायोजन (Title Sponsor) मा हुन लागेको जापानको सबैभन्दा बहुप्रतिक्षित फुटसल प्रतियोगिता (Most Awaited Futsal Tournament 2026) १०औँ समर कप फुटसल प्रतियोगिताको टाइ–सिट भोलि सार्वजनिक गरिने भएको छ।
Momo & Zeer House, Yosizuka (福岡市博多区吉塚1-11-12) मा हुने उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी हुने टोलीहरूको टाइ–सिट भोलि आयोजना हुने कार्यक्रममार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी तथा खेलप्रेमीहरूलाई टाइ–सिट सार्वजनिक हुने कार्यक्रममा उपस्थित हुन आयोजक श्री गणेश खुकुरी एफसीले अनुरोध गरेको छ।
📅 मिति: २०२६/०८/३१, सोमबार
⏰ समय: साँझ ७:०० बजे
📍 स्थान: Momo & Zeer House, Yosizuka
ठेगाना: 福岡市博多区吉塚1-11-12
