News

४औं सन्तोष स्मृति कप २०२५ सुजुकामा हुने


४औं सन्तोष स्मृति कप २०२५ सुजुकामा हुने

योक्काइची फ्रेन्डसिप क्लब (Yokkaichi Friendship Club) द्वारा आयोजना गरिएको ४औं सन्तोष स्मृति कप २०२५ आगामी डिसेम्बर १३ (शनिबार) का दिन सुजुका सिटीको Suzuka Futsal Club मा हुने भएको छ। बिहान १० बजे देखि राति १० बजे सम्म सञ्चालन हुने यो प्रतियोगिता जापानमा रहेका नेपाली फुटबलप्रेमीहरूका लागि एक विशेष अवसरको रूपमा हेरिएको छ।

‘In the loving memory of all departed beautiful soul’ भन्ने मूल नाराका साथ आयोजना हुने यो प्रतियोगिता दिवंगत नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै खेलकुदमार्फत आपसी सम्बन्ध र एकताको सन्देश फैलाउने उद्देश्यले सञ्चालन हुँदै आएको हो। योक्काइची फ्रेन्डसिप क्लबले विगतका वर्षहरूमा समेत सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्दै आएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ। विजेता टोलीले ¥45,210 प्राप्त गर्नेछ भने उपविजेता टोलीले ¥23,456 प्राप्त गर्नेछ। साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट गोलरक्षक (Best Keeper), उत्कृष्ट डिफेन्डर (Best Defender), उच्च गोलकर्ता (Top Scorer), फेयर प्ले (Fair Play) र टोकन अफ लभ (Token of Love) पुरस्कार पनि प्रदान गरिनेछ। व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीलाई ट्रफी सहित ¥5,000 को पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुने टोलीहरूले ¥42,500 दर्ता शुल्क तिर्नुपर्नेछ। दर्ता मिति डिसेम्बर १० सम्म खुला रहनेछ भने खेल तालिका (Tie-sheet) डिसेम्बर ११ मा प्रकाशित गरिनेछ।

थप जानकारीका लागि बिपल थापा (080-4222-7880)दिपेश (080-3914-3645) सम्पर्क गर्न सकिनेछ।

यस प्रतियोगिता मार्फत जापानमा रहेका नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता र मित्रता अझ प्रगाढ बन्ने अपेक्षा गरिएको आयोजक क्लबले जनाएको छ।