पनौती ११द्वारा ‘स्माइल गोल्ड कप २०२५’ डिसेम्बर २८ मा हुने
जापानमा सक्रिय नेपाली फुटबल क्लब पनौती ११ ले आयोजना गर्ने स्माइल गोल्ड कप २०२५ आगामी डिसेम्बर २८ (आईतबार) मा हुने भएको छ। जापानस्थित नेपाली फुटबल समुदायमा उत्साह जगाउने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिताको टाइटल स्पोन्सर Digital Wallet Corporation (Smile Remittance, Smile Connect) रहनेछ।
प्रतियोगितामा विजेता टिमले आकर्षक ¥400,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ¥200,000 तथा सेमिफाइनल पुग्ने टोलीले ¥50,000 र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ता प्रत्येकलाई ¥5,000 सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
फुटसल प्रतियोगिता चिबा प्रिफेक्चर, नागारेयामा–शहर, माएगासाकी 85 मा अवस्थित Z FUTSAL SPORT Matsudo Nagareyama मैदानमा हुनेछ।
आयोजकले जापानभर रहेका नेपाली फुटबल टिमहरूलाई प्रतिस्पर्धात्मक र मैत्रीपूर्ण वातावरणमा खेल्दै खेलकुदको माध्यमबाट एकताको सन्देश फैलाउन अनुरोध गरेको छ।
थप जानकारीका लागि आयोजक प्रतिनिधिहरूलाई सम्पर्क गर्न सकिनेछ —
साजन: 080-5435-8360 | संजित: 080-6663-4795 | अयुष: 080-8708-1921 | केशव: 080-9526-1996
