साफ यू–२० महिला च्याम्पियनसिप २०२५: बंगलादेशद्वारा नेपाललाई ३–२ ले हराउँदै अपराजित यात्रा कायम
साफ यू–२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आइतबार बशुन्धरा किङ्स एरिना, ढाकामा भएको समुह चरणको रोमाञ्चक खेलमा बंगलादेशले नेपाललाई ३–२ ले पराजित गरेको छ।
उक्त जितसँगै बंगलादेशले प्रतियोगितामा दुई खेलमा लगातार जित निकाल्दै छ अंकसहित अपराजित टोलीको हैसियत कायम राखेको छ। खेल भरि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि घरेलु टोली बंगलादेशले निर्णायक गोल गर्दै जित सुनिश्चित गर्यो।
नेपालले पनि उत्कृष्ट प्रतिस्पर्धा गरे तापनि अन्तिम समयसम्म फर्कन नसक्दा हारको सामना गर्नुपर्यो।
यो जितपछि बंगलादेश समूहको शीर्ष स्थानमा उक्लिएको छ भने नेपालको सेमिफाइनल पुग्ने सम्भावनामा दबाब थपिएको छ।
