News

Smiles Gold Cup 2026 मा Oizumi FC, Mercury FC र Spice Purbeli FC को ऐतिहासिक सफलता


Smiles Gold Cup 2026 मा Oizumi FC, Mercury FC र Spice Purbeli FC को ऐतिहासिक सफलता

चिबामा सम्पन्न Smiles Gold Cup 2026 यस वर्ष अत्यन्तै रोमाञ्चक, प्रतिस्पर्धात्मक र भावनात्मक क्षणहरूले भरिएको रह्यो। Spice Purbeli FC द्वारा आयोजित यस प्रतिष्ठित अन्तर्राष्ट्रिय महिला तथा पुरुष फुत्सल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Oizumi FC, Mercury FC तथा Spice Purbeli FC ले उपाधि हात पार्दै उल्लेखनीय सफलता हासिल गरेका छन्।

पुरुष फुत्सलतर्फ Oizumi FC ले शानदार खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो। अन्तिम क्षणसम्म तनावपूर्ण बनेको खेलमा Oizumi FC ले आफ्नो अनुशासन, एकता, निरन्तरता र खेलप्रतिको समर्पणका कारण विजय सुनिश्चित गर्‍यो। थारू विद्यार्थी सभा जापानले विजेता बनेको Oizumi FC लाई हार्दिक बधाई व्यक्त गर्दै उनीहरूको यात्रा आफूहरूका लागि विशेष र भावनात्मक रहेको उल्लेख गरेको छ। अघिल्लो प्रतियोगिताबाट आफ्नो यात्रा सुरु गरेको Oizumi FC लाई यस पटक हाम्रै प्रतियोगितामा च्याम्पियन बनेको देख्न पाउँदा आफूहरू अत्यन्त खुसी र गर्वित भएको संस्थाले जनाएको छ।

उत्कृष्ट प्रदर्शनका साथ फाइनलसम्म पुगेको Mercury FC ले यस वर्षको प्रतियोगितामा Runner-Up बन्न सफल भयो। खेलभरि देखाएको मेहनत, खेलभावना र समर्पणप्रति थारू विद्यार्थी सभा जापानले उच्च सम्मान व्यक्त गर्दै Mercury FC लाई हार्दिक बधाई दिएको छ। उनीहरूको निरन्तर प्रयास र उत्कृष्ट खेलले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाएको थियो।

महिला फुत्सलतर्फ Spice Purbeli FC ले International Women Cup 2026 को उपाधि जित्दै ऐतिहासिक सफलता हात पार्‍यो। टिमको एकता, आत्मविश्वास, अनुशासन र उत्कृष्ट खेलले उनीहरूलाई विजेता बनाएको हो। थारू विद्यार्थी सभा जापानले महिला टिमको यस उपलब्धिलाई गर्वको विषय बताउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। खेलाडी, समर्थक, सहयोगी तथा शुभेच्छुकहरूले प्रदान गरेको साथ, हौसला र माया नै यस सफलताको मुख्य आधार रहेको संस्थाले उल्लेख गरेको छ।

Smiles Gold Cup 2026 ले यस वर्ष पनि समुदायबीच एकता, खेल भावना, सम्मान र मैत्री सम्बन्धलाई सुदृढ बनाएको छ। पुरुष तथा महिला दुवै फुत्सलमा देखिएको प्रतिस्पर्धा, उत्साह र खेलप्रतिको समर्पणले यो प्रतियोगितालाई अविस्मरणीय बनाएको छ। आयोजक तथा सहभागी सबै टिमहरूको योगदानले यस वर्षको संस्करणलाई अत्यन्त सफल बनाएको छ।


Photos Gallery